सुनको मूल्यले तोड्यो रेकर्ड, प्रतितोला २ लाख ३८ हजार

काठमाडौं : नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लाग्दै ऐतिहासिक स्तरमा पुगेको छ। मंगलबार प्रतितोला २३ सय रुपैयाँले बढेको सुन बुधबार फेरि २६ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला सुनको मूल्य २ लाख ३८ हजार रुपैयाँ कायम भएको छ। मंगलबार सुनको मूल्य २ लाख ३५ हजार ४०० रुपैयाँमा थियो।

सुनको मूल्यमा तीव्र वृद्धि भए पनि चाँदीमा भने सामान्य गिरावट आएको छ। बुधबार प्रतितोला चाँदी ५ रुपैयाँले घट्दै २ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। मंगलबार चाँदीको मूल्य २ हजार ९६० रुपैयाँ प्रतितोला रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय