सँधै मौलिक सिर्जना गर्ने हेमन्त खड्काको नयाँ गीत "तील पेलेर तेल" सार्वजनिक

काठमाडौं । लोकप्रिय सर्जक तथा गायक हेमन्त खड्काले आफ्नो नयाँ मौलिक गीत ‘तील पेलेर तेल’ सार्वजनिक गरेका छन्। यस वर्षमै आधा दर्जनभन्दा बढी गीत सार्वजनिक गरिसकेका खड्काले यस गीतमार्फत पनि आफ्नै मौलिकता र लोक–भावनालाई निरन्तरता दिएका छन्।

हालै असार महिनामा ‘गैरि खेतमा धान बोल’ गीत सार्वजनिक गरेका उनी तीजको अवसर पारेर फेरि नयाँ सिर्जना ल्याएका हुन्। नयाँ गीतमा माया–प्रेमलाई विषयवस्तु बनाइएको छ, जसमा युवा जोडीले गीतमार्फत आपसी प्रेम र भावना प्रकट गरेका छन्।

गीतमा शब्द र लय दुवै हेमन्त खड्काकै रहेका छन्। उनलाई अस्मिता डल्लाकोटीले स्वरमा साथ दिएकी छिन् भने संगीत संयोजन कृष्ण केसीले गरेका छन्।

‘तील पेलेर तेल’ को भिडियो साधारण र सरल ढंगले प्रस्तुत गरिएको छ। यसलाई युवा निर्देशक प्रेम थापाले निर्देशन गरेका हुन् भने यसु भट्टराई र सञ्चारकर्मी कृष्ण आचार्यले अभिनय गरेका छन्। भिडियो छायांकन सुनिल भण्डारीले गरेका हुन्। गीत हेमन्त खड्काकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

 

प्रतिक्रिया