काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ ।
बिहीबार बजार परिसूचक २०६० दशमलव शून्य ३ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।
उक्त दिन उत्पादन तथा प्रशोधन समूह ९.१३ अंकले वृद्धि भएको छ । यो बाहेकका अन्य सबै समूहहरु राताम्य बनेका छन् । आज कारोबार रकम ४ अर्ब पनि पुगेको छैन् । आज ३ अर्ब ८६ करोड ९१ लाख १८ हजार रुपैयाँ बराबरको १ करोड १४ लाख ७ हजार २६४ कित्ता सेयर किनबेच भएको छ ।
कारोबारमा भने हिमालयन रिइन्स्योरेन्स नै शीर्षस्थानमा छ । आज पनि कम्पनीको २२ करोड ८५ लाख ७६ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको हो । यस्तै, आज सगरमाथा जलविद्युतको ११ करोड ५९ लाख ६५ हजार र जोशी हाइड्रोपावरको १० करोड ७५ लाख ५८ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।