काठमाडौं - केही समय पहिला आइपिओ निष्कासन गरेको हिमालयन रिइन्सुरेन्सले शेयर हितग्राही खातामा आइसकेको छ सोमबारबाट कम्पनीको शेयर कारोबार हुने छ । कम्पनीको शेयर हिजो नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको १० करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
ठूलो आइपीओ दोस्रो बजारमा कारोबार हुँदा त्यसले बजारमा कस्तो असर पार्छ भन्ने धेरैको जिज्ञासा रहेको छ। यसो त ठूलो भोलुममा सेयर खरिद बिक्री भएमा त्यसले नेप्सेलाई सकारात्मक र नकारात्मक दुवै असर पार्न सक्छ। यदि कम्पनीको सेयर मूल्य बढेर कारोबार भयो भने त्यसले समग्र नेप्सेलाई नै सकारात्मक प्रभाव पार्नेछ भने शेयर मूल्य घटेर कारोबार भयो भने त्यसको समग्र असर नेप्सेमा पनि नकारात्मक पर्ने सक्ने छ ।
कतिमा होला पहिलो कारोबार ?
कम्पनीको अन्तिम अडिट रिपोर्ट हेरेर मूल्य तय गरिन्छ । यसरी हेर्दा रिइन्सुरेन्सको आर्थिक वर्ष २०७८/७९ को अडिटेड रिपोर्ट अनुसार यसको प्रतिसेयर नेटवर्थ १०३ रुपैयाँ ७ पैसा रहेको छ । त्यसैलाई आधार मानेर यसको ओपनिङ तोकिनेछ । कम्पनीले यसैको ३ गुणा बढी सम्म ओपनिङ मूल्य पाउने छन् । १०३.७ देखि ३१०.१० सम्ममा पहिलो कारोबार हुने छ ।
कम्पनीले सर्वसाधारणलाई प्रिमियम मूल्यमा आइपीओ खुला गरेको थियो । यसले २ करोड ४९ लाख कित्ता सेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँ दरमा बिक्री खुला गरेको थियो ।