आज फेरि किन बढ्यो कोरोना संक्रमण ? यस्तो छ पछिल्लो अपडेट

पछिल्लो २४ घण्टामा निको हुनेभन्दा नयाँ संक्रमितको संख्या धेरै देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४८६ जनालाई संक्रमण पुष्टि भएको तथा १२६० जना निको भएका छन् । सोही अवधिमा १६ जनाको मृत्यु भएको छ  ।

१२ हजार ५३२ जनाको पीसीआर र ४००७ जनाको एन्टीजेन गरि १६ हजार ५३९ जनाको कोरोना परीक्षण भएको छ ।

अहिले सक्रिय संक्रमितको संख्या २६ हजार ६३० रहेको छ । जसमध्ये ४७५ जना आइसियु र १३४ जना भेन्टिलेटरमा छन् । 

यसैबीच आज थपिएकामध्ये काठमाडौं उपत्यकाका ४२६ जना रहेका छन् । ३०१ जना काठमाडौं, ६८ ललितपुर र ५७ जना भक्तपुरमा थपिएका छन् ।

हालसम्म नेपालमा ८ लाख ६५ हजा। ३४३ जनामा संक्रमण पुष्टि भएको छ भने ७ लाख ४० हजार ७१७ जना निको भएका छन् । यस्तै १० हजार ९६५ जनाको मृत्यु भएको छ । 

प्रतिक्रिया