• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • समाचार ,
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • अर्थतन्त्र

शेयर बजारमा हरियाली छायो,नेप्से अर्धसतकले बढ्दा कारोबार रकम १४ अर्व

काठमाण्डौ - साताको पहिलो दिन नेप्सेमा रौनक छाएको छ । आज नेप्से ५४ अंकले बढेर समग्र बजार ३०५८ विन्दुमा पुगेको छ । 

नेप्सेसँगै कारोबार रकम पनि बढेर १४ अर्व माथि पुगेको छ । २२३ कम्पनीहरुको शेयर खरिद विक्री हुँदा १३६ कम्पनीहरुको शेयर मुल्य बढेको छ भने ४० कम्पनीहरुको मात्र शेयर मूल्य घटेको छ । त्यस्तै ७ कम्पीहरुको शेयर मूल्य भने यथावत रहेको छ । 

होटल र म्युचुअल फण्ड बाहेक आज सबै उपसूचकमा हरियो पोतियो साथै लद्युवित्त उपसमूह सबै भन्दा धेरै बढ्यो । 

९ कम्पनीहरुको शेयर मुल्यमा सर्किट लागेर कारोवार हुँदा लक्ष्मी उत्थान कोषको शेयर मुल्य सबै भन्दा धेरै घटेको छ । आज नेपाल बैकको शेयर सबै भन्दा धेरै खरिद विक्री भएको छ । 

प्रतिक्रिया