जेन्जी आन्दोलनलाई सम्मान गर्दै खत्रीको नयाँ गीत् "हामी जेन्जी पुस्ता"

काठमाडौँ । जेन्जी आन्दोलनलाई सम्मान गर्दै लोकप्रिय गायक तथा सर्जक विष्णु खत्रीले नयाँ गीत ‘जेन्जी पुस्ता’ सार्वजनिक गरेका छन्।

गीतमा खत्रीका आफ्नै छोरालाई आवाज दिन लगाएका छन्। यस गीतको शब्द र लय सिर्जना उनले आफैं गरेका हुन्। विनम्र खत्रीको स्वर रहेको गीतलाई विमल छिनालले संगीत संयोजन गरेका छन्।

विक्रम चौहानले निर्देशन गरेको गीतको भिडियो छोटो समयमा नै चर्चामा आएको छ।

 

प्रतिक्रिया