राष्ट्र बैंकको दीर्घकालीन उपायबीच वाणिज्य बैंकको कर्जा प्रवाह कमजोर

काठमाडौं । वाणिज्य बैंकहरूको सीडी ९क्रेडिट टु डिपोजिट० रेसियो घट्दै गएकाले बैंकिङ प्रणालीमा अत्यधिक तरलता देखिएको छ। राष्ट्र बैंकले विभिन्न उपायमार्फत तरलता व्यवस्थापन प्रयास गरिरहेको भए पनि प्रणालीमा पैसा थुप्रिँदा व्यवस्थापन गर्न चुनौती देखिएको छ।

नेपाल बैंकर्स संघका अनुसार चालु आर्थिक वर्ष २०८१र८२ को जेठ मसान्तसम्म वाणिज्य बैंकहरूले ६२ खर्ब ५८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् भने ४९ खर्ब १० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। सोही अवधिमा वाणिज्य बैंकहरूको औसत सीडी रेसियो ७८।४४ प्रतिशत पुगेको छ।

नेपाल राष्ट्र बैंकको प्रावधान अनुसार, सीडी रेसियो अधिकतम ९० प्रतिशतसम्म हुन सक्ने भए पनि हाल अधिकांश बैंकको सीडी रेसियो यसभन्दा निकै तल देखिएको छ।

जेठ मसान्तसम्मको तथ्यांकअनुसार, सबैभन्दा कम सीडी रेसियो राष्ट्रिय वाणिज्य बैंकको ६४।३१ प्रतिशत छ भने सबैभन्दा धेरै सिटिजन्स बैंकको ८५।६० प्रतिशत छ। निक्षेप संकलनको तुलनामा कर्जा प्रवाहमा आएको सुस्तताले यो गिरावट आएको हो।

सीडी रेसियोले बैंकमा जम्मा भएको निक्षेपको कति हिस्सा कर्जामा लगानी गरिएको छ भन्ने देखाउँछ। यसमा विदेशी ऋण, राष्ट्र बैंकको पुनर्कर्जा, तथा ऋणपत्रबाट प्राप्त रकमलाई पनि निक्षेपमा गनिन्छ, तर बैंकको पुँजी भने गनिँदैन।

हाल अत्यधिक तरलताको अवस्था देखिँदा राष्ट्र बैंकले ४२ दिनको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्दै तरलता व्यवस्थापन गरिरहेको छ।

बैंकको नाम CD रेसियो (%)
राष्ट्रिय वाणिज्य बैंक 64.31%
प्रभु बैंक 71.50%
स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल 71.57%
नेपाल एसबीआई बैंक 72.10%
नेपाल बैंक 72.13%
कृषि विकास बैंक 74.16%
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक 75.86%
ग्लोबल आईएमई बैंक 77.20%
एनआईसी एशिया बैंक 80.16%
एभरेष्ट बैंक 80.22%
कुमारी बैंक 80.61%
लक्ष्मी सनराइज बैंक 81.04%
सिधार्थ बैंक 81.38%
सनिमा बैंक 81.66%
हिमालयन बैंक 82.17%
नबिल बैंक 83.00%
एनएमबि बैंक 84.05%
प्राइम कमर्सियल बैंक 84.39%
माछापुच्छ्रे बैंक 84.95%
सिटिजन्स बैंक 85.60%
औसत 78.44%

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय