काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पितृशोक परेको छ। उनका पिता डा. रामनारायण शाहको उपचारका क्रममा आज निधन भएको हो।
डा. शाहलाई आइतबार नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका लागि लगिएको थियो। पिसाबमा संक्रमण देखिएपछि शरीरभरि सङ्क्रमण फैलिएको र अस्पताल पुग्दा नै उनी बेहोस अवस्थामा रहेको अस्पताल स्रोतले जनाएको छ। भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो तर बचाउन सकिएन।
आज बिहान प्रधानमन्त्री सुशीला कार्की अस्पताल पुगेर डा. शाहको स्वास्थ्य बारे बुझ्नुभएको थियो। डा. शाहका श्रीमती, दुई छोरा र एक छोरी छन्।