बिहीबार बढ्यो सुनको मूल्य,कति पुग्यो तोलामा

काठमाडौंँ - बिहीबार सुन-चाँदीको मूल्य बढेको छ। आज सुन प्रतितोला ९७ हजार तीन सय रुपैयाँ र चाँदी प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। 

सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुन प्रतितोला ९६ हजार पाँच सय रुपैयाँ र चाँदी प्रतितोला १२ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।

यसर्थ, अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला आठ सय रुपैयाँ र चाँदी प्रतितोला २० रुपैयाँ बढेको हो। 

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ३२ अमेरिकी डलरमा कारोबार भइरहेको छ। 

प्रतिक्रिया