काठमाडौं । नेप्सेले मार्जिन कारोबारका लागि योग्य कम्पनीहरुको सूची सार्वजनिक गरेको छ ।
मंगलबार सार्वजनिक सूची अनुसार ८७ वटा सूचीकृत कम्पनीहरु मार्जिन कारोबारका लागि योग्य देखिएका छन् । जसमध्ये १७ वटा वाणिज्य बैंक, ८ वटा विकास बैंक, ५ वटा फाइनान्स र १३ वटा हाइड्रोपावर समूहका कम्पनी रहेका छन् ।
यस्तै, जीवन बिमा समूहबाट ४ वटा, निर्जीवनबाट ५ वटा र २९ वटा लघुवित्त कम्पनीहरु पनि मार्जिन कारोबारका लागि योग्य रहेको नेप्सेले जनाएको छ । यता, तारागाउँ रिजेन्सी होटल, नागरिक लगानी कोष, हिमालन डिस्टिलरी, शिवम् सिमेन्ट्स, नेपाल पुनर्बिमा कम्पनी र नेपाल दूरसञ्चार कम्पनी पनि मार्जिक कारोबारका लागि योग्य रहेका छन् ।