• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • Breaking News ,
  • समाचार ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • अर्थतन्त्र

राजनितिक उथल पुथल संगै लगानीकर्ता अन्योलमा , काराेबार रकम साढे ५ अर्बमै सीमित

बुधबार शेयर बजार मापक नेप्से सूचत सामान्य अंकले बढेर बन्द भएको छ।

मंगलबार शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएको छ भने माओवादी केन्द्रका नेता जनार्दन शर्माले अर्थमन्त्रीको जिम्मेवारी पाएमा छन्। पुराना अर्थमन्त्री बाहिरीएसँगे अर्थमन्त्रालयले पनि नयाँ नेतृत्व पाएको छ। नयाँ अर्थमन्त्री आएसँगै लगानीकर्ता पनि अन्योलमा देखिएका छन्। यसै कारण बुधबारको बजारमा खासै ठुलो परिवर्तन देखिदैन।

यस दिन नेप्से सूचक १.०१ अंकले बढेर २८७२.०५ विन्दुमा पुगेको छ भने सेन्सेटिभ इन्डेक्स ०.१४ विन्दुले घटेको छ।

यस दिन कारोबार रकममा सामान्य वृद्धि देखिन्छ। बुधबार २१४ वटा कम्पनीको ४ करोड ४७ लाख ३६ हजार ५३० कित्ता शेयर ५ अर्ब ६५ करोड ४५ लाख ७६ हजार २०५ रुपैयाँमा खरिद बिक्री भएको छ।

यस दिन हाइड्रोपावर कम्पनीहरुमा लगानीकर्ताको आकर्षण बढेको छ। हाइड्रोपावर कम्पनीहरुको शेयरमा खरिद चाप बढ्दा उक्त उपसमूहको सूचक २.७१ प्रतिशतले बढेको छ।

यस दिन कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ५ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ८ उपसमूहको सूचक नकारात्मक देखिएको छ।

प्रतिक्रिया