राजश्व संकलनमा सुधार

काठमाण्डौ । पुस मसान्त लागेसँगै राजश्व संकलन बृद्धि भइरहेको छ । आर्थिक बर्ष २०८०÷०८१ मा  राजस्व वृद्धिदर १६ प्रतिशत माथि पुगेको छ। 

आर्थिक बर्षको सुरुमा सन्तोषजन नरहेको राजश्व संकलन अनुमात अहिले भने सुधार आएको छ ।  महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार चालु वर्ष २०८०–८१० को साउनदेखि पुस २६ गतेसम्म चार खर्ब ६१ अर्ब बढीको राजस्व उठेको छ। 

आर्थिक वर्ष २०७९–८० को साउनदेखि पुस २६ गतेसम्म तीन खर्ब ९८ अर्ब रूपैयाँको राजस्व उठेको थियो। यो गत वर्षको तुलनामा ६३ अर्ब बढी हो।

पछिल्लो चार दिनमा मात्रै सरकारको राजस्व खातामा ५५ अर्ब एक करोड ३६ लाख रूपैयाँ संकलन भएको छ।

पुस २३ गते सात अर्ब ६० करोड ५१ लाख राजस्व संकलन भएको थियो। त्यस्तै पुस २४ गते १७ अर्ब ४१ करोड ९८ लाख र पुस २५ गते ११ अर्ब ४५ करोड ९५ लाख रूपैयाँ राजस्व संकलन भएको छ। 


यो तीन दिनको अवधिमा कात्तिक महिनाको कारोबारको आधारमा भएको मूल्य अभिवृद्धि करका साथै नेपाल राष्ट्र बैंकको गत वर्षको आम्दानीबाट १० अर्ब लाभांश पनि प्राप्ति भएको कारण संकलन बढेको अर्थ मन्त्रालयका अधिकारीले बताएका छन्। 

करदाताले हरेक महिनाको कारोबार विवरण सम्बन्धित महिना समाप्त भएको २५ गतेभित्र आन्तरिक राजस्व कार्यालयमा बुझाएर मूल्य अभिवृद्धि कर दाखिला गर्नुपर्छ। अग्रिम कर ९टिडिएस० पनि २५ गतेभित्र नै बुझाउनु पर्ने हुन्छ।


त्यस्तै हिजो ९पुस २६ गते० एकै दिनमा १८ अर्ब ५३ करोड ९२ लाख रूपैयाँ राजस्व संकलन भएको छ। 

केही कम्पनीले चालु वर्षको वार्षिक अनुमान योग्य आम्दानीबाट तिर्नुपर्ने ९सम्भावित० करको ४० प्रतिशत बुझाइसकेको कारण यस दिन बढी संकलन भएको राजस्वका अधिकारीहरूले बताएका छन्।

आयकर ऐनको व्यवस्थाअनुसार पुस महिनामा वार्षिक अनुमानित आम्दानीको आधारमा तिर्नुपर्ने करको ४० प्रतिशत भुक्तानी गर्नुपर्ने हुन्छ। थप ६० प्रतिशतमध्ये चैत महिनासम्म थप ३० प्रतिशतसहित ७० प्रतिशत कर तिर्नुपर्छ। त्यस्तै असार महिनामा थप ३० प्रतिशत कर सहित शत प्रतिशत कर बुझाउनु पर्ने हुन्छ।

त्यस्तै गत वर्षको अन्तिम आय विवरण बुझाएर त्यस बापतको कर बुझाउनु पर्ने हुन्छ। अनुमानयोग्य आम्दानीभन्दा १० प्रतिशत बढी आय भएको खण्डमा ब्याजसहित यस्तो कर बुझाउनु पर्ने र १० प्रतिशतभन्दा कम भएको अवस्थामा जति बढी आय भएको हो, त्यस बापतको कर पुस मसान्तसम्म बुझाइ सक्नुपर्ने हो।

सरकारले चालु वर्षमा ४० प्रतिशतको राजस्व वृद्धिको अनुमान गरे पनि पूरा हुन नसक्नेमा अर्थका अधिकारीहरू सहमत देखिन्छन्। अर्थमन्त्री प्रकाशरण महतले नै वास्तविक उठ्न सक्ने राजस्वको तुलनामा अनुमान गरिएको राजस्व बढी भएको स्वीकारेका छन्। 

चालु आर्थिक वर्षको बजेटमा यो वर्ष १४ खर्ब २२ अर्ब रूपैयाँ राजस्व संकलन हुने अनुमान गरिएको छ। पुस महिनासम्म ६ खर्ब ६८ अर्ब रूपैयाँ संकलन गर्ने लक्ष्य राखिएको थियो। बिहीबारसम्म भने ४ खर्ब ६१ अर्ब रूपैयाँ मात्रै संकलन भएको छ। 

त्यस्तै पुस महिनामा मात्रै एक खर्ब ८८ अर्ब रूपैयाँ राजस्व संकलन गरिसक्ने लक्ष्य अर्थमन्त्रालयले निर्धारण गरेको छ। अघिल्लो २६ दिनको अवधिमा भने ९८ अर्ब रूपैयाँ राजस्व संकलन भएको छ। 

सरकारले राखेको ४० प्रतिशतको राजस्व वृद्धिदर असम्भव प्रायः भए पनि करका आधारहरू बढेको कारण पुसमसान्तसम्म २० प्रतिशतसम्मको वृद्धिदर पुग्ने अपेक्षा राजस्व अधिकारीहरूको छ। सरकारले यो वर्ष १७० वस्तुको भ्याट छुट र ३४० वस्तुको अन्तशुल्क खारेज गरेको थियो। 

त्यस्तै विलासी कर, वैदेशिक रोजगारी शुल्क, पर्यटन शुल्क लगायतका नयाँ शुल्कहरू पनि यसै वर्षबाट तोकिएको छ। 

कम्पनीले जारी गर्ने आइपिओ तथा बार्गेन पर्चेजबाट हुने लाभमा पनि यो वर्षबाट कर उठाइएको छ। विगतमा यस्तो कर नउठाइएकोमा चालु वर्षको बजेटले दिएको छुटको लाभ लिएर करदाताले ११ अर्ब बढीको यस्तो कर बुझाएका छन्। 

त्यस्तै गत वर्षदेखि सामाजिक सञ्जाल कम्पनीहरूसमेत करको दायारामा आएका छन्। चालु वर्षको पाँच महिनाको अवधिमा मात्रै १० करोड बढीको यस्तो कर संकलन भएको ठूला करदाता कार्यालयको तथ्यांक छ। सोतोपाटीबाट

प्रतिक्रिया