इन्भेष्टमेन्ट र मेगा बैंक मर्ज हुने, स्वाप रेसियो कति ?

काठमाडौं–दुई वाणिज्य बैंक गाभिने भएका छन् । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक मर्ज हुने भएका छन् । हिमालयन बैंकसँग एक आपसमा गाभिने (मर्जर) प्रक्रिया भाडिएसँगै नेपाल इन्भेष्टमेन्ट बैंकले मेगा बैंकसँग मर्ज हुने भएको हो ।


इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डेको निरन्तर प्रयासका कारण मेगा बैंकसँग मर्ज हुन लागेको हो । इन्भेष्टमेन्ट र मेगा दुुबै बैंकका सञ्चालकले आगामी दुई हप्ताभित्र मर्जका लागि सम्झौता गर्ने तयारी भएको छ । दुुबै बैंकका सञ्चालहरुले इन्भेष्टमेन्टको १ सय बराबर मेगाको ९० रुपैयाँ सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) तय हुने निर्णय भईसकेको बताएका छन् ।


प्रारम्भिक सहमतिअनुसार ज्योतिप्रकाश पाण्डे नै एकीकृत बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) बन्ने छन् । यस्तै अध्यक्षमा पनि नपाल इन्भेष्टमेन्टका पृथ्वीबहादुर पाण्डेले नै निरन्तरता पाउनेछन् । ज्योति नेपाल इन्भेष्टमेन्टको सीईओ हुन ।हिमालयनसँग मर्ज भाडिँएपछि यसै साताबाट इन्भेस्टमेन्ट बैंकको सेयर कारोबार खुलेको हो । सोमबार र मंगलबार नकारात्मक सर्किट लागेर कारोबार भएको इन्भेस्टमेन्ट सेयर बुधबार पनि ७.२५ प्रतिशतले घटेर प्रतिकित्ता ३०७ रुपैयाँमा खुम्चिएको छ ।


उता, इन्भेस्टमेन्टसँग मर्ज गर्ने हल्ला चलेसँगै मेगाको सेयरमा सोमबार सकारात्मक सर्किट लागेको थियो भने मंगलबार र बुधबार सामान्य बढेर प्रतिकित्ता २३४ रुपैयाँ पुुगेको छ ।  हिमालयनका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले अर्थमन्त्री जनार्दन शर्माको साथ लिएर इन्भेष्टमेन्टसँगको मर्ज भाँडेका थिए । मर्जर प्रक्रिया भाडिएपछि हिमालयनको सेयर कारोबार खुलेको छैन । नेपाल राष्ट्र बैंकले  लाभांश वितरणमा बन्देज लगाएको छ ।


त्यसपछि इन्भेष्टमेन्टले नयाँ जोडी खोज्न थालेको थियो । प्रारम्भिक समmदारी भएकाले औपचारिक सम्झौता नभईसकन मर्जर प्रक्रिया अघि बढ्ने छै्रन । कतिपयले यो अवधिलाई सेयर बजारमा खेल्ने अवसरका रुपमा प्रयोग गर्ने अवस्था पनि छ । त्यसैले सम्झौता गर्नुअघि लगानीकर्ताले सचेततापूर्वक लगानी निर्णय गर्नु आवश्यक छ । हाल इन्भेस्टमेन्टको चुक्ता पुँजी १८ अर्ब ३० करोड ७५ लाख र सञ्चित कोष १४ अर्ब ३५ करोड ११ लाख रुपैयाँ छ । १६ अर्ब ३१ करोड चुक्ता पुँजी रहेको मेगाको ६ अर्ब ५४ करोड ५६ लाख रुपैयाँ सञ्चित कोष छ ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमाशसम्म नेपाल इन्भेष्टमेन्टले २ अर्ब ४७ करोड ७२ लाख रुपैयाँ खुदनाफा गरेको छ । यस्तै मेगाले २ अर्ब १ करोड ४५ लाख रुपैयाँ खुदनाफा गरेको छ । हिमालयन र इन्भेष्टमेन्ट दुुई बैंक एकिकृत गराएर ठूलो बैंक बनाउने अध्यक्ष पाण्डेको योजना मर्जर प्रक्रिया भाडिँएसँगै सुस्ताएको थियो  । २०७८ वैशाख ३० गते हिमालयन र इन्भेस्टमेन्ट बैंक मर्ज गर्ने सम्झौता गरे पनि असोज अन्तिममा हिमालयन मर्जर प्रक्रियाबाट भागेको थियो । दुुबै बैंकलाई मर्जका लागि साझेदार खोजी गरी प्रक्रिया छिटो अघि बढाउन केन्द्रीय बैंकले दबाब दिँदै आएको छ ।
 

प्रतिक्रिया