४० जनाले नृत्य गरेको मौलिक तीज गीत 'मै छोरीलाई' चर्चामा (भिडियो सहित)

काठमाडौं। छाडा गीतहरूले बाक्क भएका दर्शकलाई केही कलाकारहरूले मौलिक सिर्जना सार्वजनिक गरेर राहत दिएका छन्। यस वर्ष चर्चा छाडा गीतहरूको धेरै भए पनि दर्शक भने मौलिक गीतहरूबाट सन्तुष्ट भइरहेका छन्, जुन सुखद कुरा हो।

यसैबीच अर्को मौलिक तीज गीत 'मै छोरीलाई' भर्खर मात्र सार्वजनिक भएको छ। सार्वजनिक हुनु पूर्व नै निकै चर्चा भएको यो गीत सार्वजनिक भएपछि सबैले प्रशंसा गर्दै सामाजिक सञ्जालमा पनि शेयर गरेका छन्। गीतले दुःख पाएकी एक चेलीको कथालाई अडियो र भिडियो मार्फत कलात्मक रूपमा देखाउन खोजेको छ।

विन्धवासिनी म्युजिक प्रा.लि.को ५ लाखभन्दा धेरै लगानी भएको भनिएको यस गीतमा ४० जनाको आकर्षक नृत्य देख्न सकिन्छ। अडियो जति दमदार छ, भिडियोले त्यसलाई झन् आकर्षक बनाएको छ। युवा सर्जक अर्जुन सुवेदीले शब्द तथा लोकप्रिय सर्जक खेम पुनको लय सिर्जना रहेको यस गीतमा सीमा नेपालीले आवाज दिएकी छन्। नृत्य निर्देशन अहिलेकी चर्चित निर्देशक स्मृति तिमिल्सीनाले गरेकी छन्। गीतमा निहारीका थापाको अभिनयलाई लिएर समेत दर्शकले निकै प्रशंसा गरेका छन । 

'मै छोरीलाई' गीतले मौलिकता र कलात्मकता दुवैलाई समेटेर दर्शकको मन जित्न सफल भएको छ।

 

प्रतिक्रिया