सेयर बजारमा दोस्रो दिन पनि ओरालो, कारोबार रकममा पनि कमी

काठमाडौं – साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ५.२१ अंकले घटेर २,६७४.७६ विन्दुमा झरेको छ। अघिल्लो दिन आइतबार नेप्से ८.५७ अंकले घटेको थियो।

सेन्सेटिभ इन्डेक्स पनि ०.३७ अंकले घटेर ४५६.०९ विन्दुमा अडिएको छ।

कारोबार रकममा पनि गिरावट आएको देखिन्छ। आइतबार ७ अर्ब ६० करोड रुपैयाँको सेयर कारोबार भएकोमा आजको कारोबार ७ अर्ब ५८ करोड ५० लाख २२ हजार ५९० रुपैयाँमा सीमित रह्यो।

सोमबार ३३७ स्क्रिप्टको १ करोड ७१ लाख ६० हजार ६२५ कित्ता सेयर किनबेच भयो। परिसूचक घटे पनि ओम मेघाश्री फर्मास्युटिकल्सको सेयरमा ९.९९ प्रतिशतको सर्किट लागेको छ। उपकार लघुवित्तको सेयर ६.१९ प्रतिशतले बढ्दा, गुराँस लघुवित्तको सेयर १० प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा शीर्षमा राधी विद्युत

आजको कारोबार रकमका हिसाबले राधी विद्युत शीर्ष स्थानमा रह्यो। कम्पनीको कुल ६४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो। नगदी ग्रुपको ५६ करोड, युनिर्भसल पावरको ४५ करोड, कुमारी बैंकको २१ करोड र एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको १८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

आजको दिन ९२ कम्पनीको सेयर मूल्य बढ्दा १५५ कम्पनीको घटेको छ। उद्योग समूहतर्फ बैंकिङ र म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ समूहको उपसूचक मात्र सकारात्मक देखिएको छ भने बाँकी सबै समूहको उपसूचक ओरालो लागेको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय