काठमाडौं - चरम तरलता संकट भोगिरहेको अर्थतन्त्र बिस्तारै सुधार तर्फ गइरहेको देखिएको छ । यो साता बैंकमा नगद केही बढेको देखिएको छ ।
वाणिज्य बैंकहरुको निक्षेप संकलन एक सातामा २ अर्ब रुपैयाँले बढेको छ । नेपाल बैंकर्स संघकाअनुसार चैत ४ गतेसम्म ४३ खर्ब २८ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकहरुको निक्षेप बढेर चैत ११ गतेसम्ममा ४३ खर्ब ३० अर्ब रुपैयाँ पुगेको हो । यता, यसअवधिमा बैंकहरुको कर्जा प्रवाह पनि २ अर्ब रुपैयाँले नै बढेको छ ।
चैत ४ गतेसम्म ४१ खर्ब ६८ अर्ब रुपैयाँ रहेको कुल कर्जा चैत ११ गतेसम्म ४१ खर्ब ७० अर्ब रुपैयाँ पुगेको छ । बैंकर्स संघका अनुसार चैत ११ गते वाणिज्य बैंकहरुको औसत कर्जा–निक्षेप अनुपात ९१.१३% रहेको छ ।