सिभिल बैंकको ३१ लाख कित्ता शेयर बिक्रीमा !


काठमाडौं–सहकारीका सदस्यको पैसा नतिरेको आरोपमा पक्राउ परेका सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङले सिभिल बैंकको शेयर बिक्री गर्ने तयारी गरेका छन् । तामाङलाई प्रहरीले सहकारीका बचतकर्ताको ७१ करोड रुपैयाँ ठगी गरेको अभियोगमा पक्राउ गरेको छ । तामाङलाई प्रहरीले ठगी आरोपमा पक्राउ गरे पनि शेयर बिक्री गरेर भए पनि व्यवहार मिलाउने गृहकार्यमा जुटेको श्रोतको दाबी छ । 


बैंकमा रहेको संस्थापक सेयर बिक्री गर्दा तामाङलाई ३१÷३२ करोड रुपैयाँ आउने भएकाले उनले शेयर बेचेर भए पनि व्यवहार मिलाउने मुडमा पुगेका हुन् । रुसबाट सिभिल इन्जिनियरको अध्ययन सकेर स्वदेश फर्किएका तामाङ सहकारी र हाउजिङ बिजनेशका कारण रातारात अर्बपति भएका थिए । अब बैंकको अध्यक्षबाट मात्रै होइन, बैंकको सेयरधनीका रुपबाट समेत तामाङको बहिर्गमन हुने सञ्चालकहरु बताउँछन् । 


सिभिल बैंकमा इच्छाराज तामाङको २९ लाख ४५ हजार ७०० कित्ता र उनकी श्रीमति सिर्जना शाक्यको १ लाख ९५ हजार १ सय २२ कित्ता गरी कूल ३१ लाख ४० हजार ८ सय २२ कित्ता सेयर छ । व्यवहार मिलाउन गाह्रो परेपछि केही वर्षअघि तामाङले श्रीमति सिर्जनाका नाममा भएको १७ लाख ५३ हजार ५ सय ९४ कित्ता सेयर प्रतिकित्ता १०० रुपैयाँका दरले १७ करोड ५३ लाख ५९ हजार ४ सय रुपैयाँमा कर्मचारी सञ्चय कोषलाई बिक्री गरेका थिए ।


श्रीमान बैंकको अध्यक्ष भएका बेला श्रीमतीले सेयर बेच्न नपाउने कानुनी व्यवस्था छल्न तामाङले श्रीमति सिर्जना शाक्यसँग नक्कली सम्बन्धबिच्छेद समेत गर्न भ्याएका थिए । सिभिल किन्नका लागि केही व्यापारिक घरानाले प्रयास गरिरहेका छन् । शंकर ग्रुपले पनि सिभिल बैंक किन्न चाहिरको छ । डिल मिलेमा शंकर ग्रुपले किन्ने सम्भावना छ । अन्य बैंकले पनि एक्यावर गर्न पनि खोजेका छन् ।

प्रतिक्रिया