दीपक कँडेलले चैते दशैंलाई लक्षित गर्दै यो वर्ष पनि नयाँ गीत सार्वजनिक गर्ने

काठमाडौं - जापानमा रहेर पनि निरन्तर संगीतकर्ममा लागिरहेका युवा सर्जक दीपक कँडेलले चैते दशैंलाई लक्षित गर्दै यो वर्ष पनि नयाँ गीत सार्वजनिक गर्ने भएका छन् । 

धौलागिरी र आसपासका क्षेत्रलाई बयान गरी यसभन्दा अगाडिको वर्ष उनले सार्वजनिक गरेको चैते दशैं विशेष गीतले निकै चर्चा पाउन सफल भएको थियो।

दर्शकहरूको अत्याधिक मायाका कारण यो वर्ष पनि सोही प्रकृतिको चैते दशैँ विशेष गीत सार्वजनिक गर्न लागिएको सर्जक कंडेलले आर्थिक सन्देशलाई जानकारी दिनु भयो । गीतमा कँडेलको शब्द र सर्जक गणेश अधिकारीको संगीत रहने छ । 

अहिले गीतको म्युजिक भिडियो निर्माणको कार्य भइरहेको साथै अडियोको कार्य सम्पन्न भइसकेको दीपिका म्युजिकका सञ्चालक समेत रहेका कंडेलले हामीलाई बताउनुभयो। 

आउँदो चैते दशैंलाई लक्षित गर्दै नयाँ गीत सार्वजनिक गर्ने तयारीमा आफ्नो टिम रहेको कडेलको भनाइ छ। 

प्रतिक्रिया