रसुवा जिल्लामा ठूलो परिमाणमा तस्करीको सुन बरामद गरिए...
काठमाडौ - स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।
स्टकका अनुसार साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २५ प्रतिशत बोनस बापतको ३१ लाख २८ हजार ८ सय २७ दशमलव ४५५२ कित्ता सेयर सूचिकृत भएको हो ।
संस्थाको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि १.३१५७ प्रतिशत नगद गरी कुल २६.३१५७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियाे ।