शेयर बजारमा आक्रामक सुधार,कारोबार रकम पनि बढ्यो

काठमाडौं - साताको तेस्रो दिन नेप्से परिसूचकमा आक्रमक सुधार आएको छ भने कारोबार रकम पनि सुधार आएको छ । 

 आज नेप्से ७६.६४ अंकले बढेको हो । उक्त दिन नेप्से परिसुचक २१७७.३४ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज सेयर बजार बढ्दा ३ अर्ब ३६ करोड २२ लाख ६७ हजार रुपैंया बराबरको कारोबार भएको छ ।

आज नेप्सेमा सूचिकृत २६० कम्पनीको ९घ लाख ३३ हजार ९८८ कित्ता सेयर किनबेच भएको छ । आज नेप्सेमा रहेको सबै उपसूचकमा हरियाली छाएको छ ।

उक्त दिन सबैभन्दा बढी एनआइसी एशिया बैंकको कारोबार भएको छ । आज कम्पनीको १२ करोड ९२ लाख ४२ हजार रुपैया बराबरको कारोबार भएको छ ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको ङादी ग्रुप पावरको ११ करोड ३ लाख ७० हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै उक्त दिन अपी पावर कम्पनीको ९ करोड ३९ लाख ९९ हजार रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ८ करोड ३ लाख ५ हजार रुपैयाँ र हिमालयन डिस्टिलरीको ६ करोड ६४ लाख ७२ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रतिक्रिया