नेप्से १७ अंकले उकालो, ८ अर्बभन्दा बढीको कारोबार

काठमाडौँ । नेप्से परिसूचकमा मंगलबार हरियाली देखिएको छ। आज बजार १७।४४ अंकले बढ्दै २,६९३।०६ विन्दुमा पुगेर बजार बन्द भएको छ। आजको बजार वृद्धि ०।६५ प्रतिशतले रहेको छ । बजार केहि दिनदेखि निरन्तर दबाबमा रहेको छ । 

आज कुल ८ अर्ब ५८ करोड ६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। सो अवधिमा २ करोड ७ लाख ५९ हजार ५४७ कित्ता शेयर किनबेच भएका छन्। हिजोको तुलनामा कारोबार रकममा पनि यो सुधार हो । 

मंगलबार ३२३ वटा कम्पनीका शेयरहरू कारोबार भएका छन्, जसमा १४८ कम्पनीका शेयर बढेका, ९७ वटा घटेका र २ वटा कम्पनीका शेयर स्थिर रहेका छन्। यता उपसूचकमा विमा र उत्पादन उपसूचक घटेको छन भने बाँकीमा हरियाली रहेकोको छ । 

कम्पनी (Symbol) कारोबार रकम (रु) अन्तिम मूल्य (LTP)
NGPL 1,057,36,00,002 398.00
RADHI 600,87,48,533 777.90
UPCL 510,67,57,842 450.00
BPCL 350,64,06,521 561.00
कम्पनी अन्तिम मूल्य (रु) वृद्धि (Pts) प्रतिशत (%)
OMPL 1,499.50 136.30 10.00%
PURE 350.00 31.80 9.99%
GRDBL 1,353.14 121.34 9.85%
BEDC 808.48 67.78 9.15%

प्रतिक्रिया