काठमाण्डौ । बुधबार नेप्से परिसूचक करिब ६ अङ्कले घटेर बजार बन्द भएको छ । मंगलबार पनि नेप्से सामान्य अङ्कले घटेको थियो ।
पछिल्लो समय नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आइरहेको छ । आज केबल २ अर्ब १८ करोड माथिको शेयर किनबेच भएको छ भने समग्र परिसूचक २०२६ विन्दुमा आएको छ । निरन्तर बजार ओरालो लागेसँगै लगानीकर्ताहरू निराश बनिरहेका छन ।
आज बजारमा कारोबार भएका ३१३ कम्पनीहरूमा ८० कम्पनीको मात्र शेयर मूल्य बढेको छ भने बाँकी सबै कम्पनीको शेयर मूल्य भने घटेको छ । हिमालयन रि इन्स्योरेन्स कम्पनीको शेयर बुधबार पनि सबै भन्दा धेरै मूल्यको कारोबार भएको छ ।
यता उपसूचकमा उत्पादन समूह मात्र बढेको छ भने बाँकी सबै उपसूचक घटेका छन । होटल र बीमा समूह उपसूचक सबै भन्दा धेरै घटेको छ भने चार कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ ।