काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचकमा दोहोरो अंकको सुधार देखिएको छ । आज सेयर बजार मापक नेप्से सूचकांक ३४ अंकले बढेर २५९३.६६ बिन्दुमा पुगेको छ । हिजो ५.१७ अंकले घटेको बजार आज पुनः उकालो लागेको हो ।
आजको कारोबारमा उत्साहजनक वृद्धि देखिएको छ । ३१९ कम्पनीका २ करोड ६० लाख १० हजार ७१८ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ७ अर्ब ५१ करोड ३९ लाख ३८ हजार रुपैयाँ पुगेको छ । गत कारोबार दिन हिजो ३२१ कम्पनीका १ करोड १५ लाख कित्ता सेयर मात्रै ५ अर्ब ४५ करोड ९७ लाख रुपैयाँमा किनबेच भएका थिए ।
समूहगत सूचकका हिसाबले आज म्युचुअल फण्ड बाहेक सबै समूहमा सुधार आएको छ । सबैभन्दा बढी जलविद्युत समूह २.६७ प्रतिशतले उकालो लाग्दा, जीवन बीमा १.८० प्रतिशत, निर्जीवन बीमा १.७५ प्रतिशत, उत्पादन तथा प्रशोधन १.७४ प्रतिशत, फाइनान्स र माइक्रोफाइनान्स दुवै १.६० प्रतिशत, लगानी समूह १.३५ प्रतिशत, विकास बैंक १.२३ प्रतिशत र अन्य समूह १.६ प्रतिशतले बढेका छन् ।
लगातारको गिरावटपछि बिहीबारको सुधारसँगै सेयर बजार पुनः लयमा फर्किएको विश्लेषकहरूले बताएका छन् ।