काठमाडौं - शेयर धनीहरुमाझ निकै चर्चित कम्पनी हुन नेपाल टेलिकम र नविल बैंक । यी दुई कम्पनीहरुले विगतमा जस्तै यो पटक पनि आकर्षक लाभांस घोषणा गरेका छन् ।
ती क्मोनीहरुको नाफा लिन शेयर धनी बन्ने आज अन्तिम अवसर रहेको छ । नेपाल टेलिकमको ४०% नगद लाभांश पारित सुरक्षित गर्ने पनि आज आईतबार (पुस १७ गते) अन्तिम दिन हो । पुस २८ गते वार्षिक साधारण सभा बोलाएको कम्पनीले पुस १८ गतेदेखि बुक क्लोज गर्दैछ । तसर्थ, आइतबारसम्म कायम रहेका सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र प्रस्तावित नगद लाभांश पाउन सक्नेछन् । नेपाल टेलिकमको सभा राष्ट्रिय सभा गृह प्रदर्शनीमार्ग काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
यस्तै, नबिल बैंकको ३०% लाभांश पारित सुरक्षित गर्ने आइतबार (पुस १७ गते) अन्तिम दिन हो । पुस २९ गते वार्षिक साधारण सभा बोलाएको बैंकले पुस १८ गते बुक क्लोज गर्दैछ । तसर्थ, आइतबारसम्म कायम रहेका सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । बैंकले गत वर्षको नाफाबाट १८.५०% बोनस सेयर र कर सहित ११.५०% नगद गरी कुल ३०% लाभांश वितरण गर्दैछ । बैंकको सभा सिल्भर ओक ब्यांक्वेट तथा इभेन्ट सेन्टर, गैह्रीधारा, काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ ।