☰

नेप्से लगातार पाँचौं दिन हरियो,सूचक २९६० विन्दुमा बन्द

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार पाँचौं कारोबार दिन पनि बढ्दै हरियो बन्द भएको छ। यस दिन नेप्से परिसूचक २३.८३ अंकले बढेर २९६०.४० विन्दुमा पुगेको हो।

सहायक सूचकहरूमा पनि सुधार देखिएको छ। सेन्सेटिभ परिसूचक १.९७ अंक, फ्लोट परिसूचक ०.९१ अंक र सेन्सेटिभ फ्लोट परिसूचक ०.८२ अंकले वृद्धि भएका छन्।

यद्यपि बजार परिसूचक बढे पनि कारोबार रकममा सामान्य गिरावट आएको छ। अघिल्लो दिन १५ अर्ब ७८ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ३४१ कम्पनीका १ लाख २६ हजार ९४७ पटकका कारोबारमार्फत १४ अर्ब ८३ करोड ९१ लाख रुपैयाँ बराबरका ३ करोड ५८ लाख २२ हजार कित्ता शेयर किनबेच भएका छन्।

यस दिन सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, हिमालयन पावर पार्टनर र भुजुङ हाइड्रोपावरका शेयर सकारात्मक सर्किट तहमा कारोबार भएका छन्।

त्यस्तै, होटल फरेष्ट इन, विशाल बजार कम्पनी र सिन्धु विकास बैंकका शेयर मूल्य करिब १० प्रतिशतले बढेका छन् भने अभियान लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ६.५ प्रतिशतभन्दा बढीले उकालो लागेको छ। विपरीत रूपमा, फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ६.५६ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहँदै ६७ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार गरेको छ। त्यसपछि अपि पावर कम्पनीको करिब ५८ करोड रुपैयाँको कारोबार भएको छ भने हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको संस्थापक शेयरमा साढे ४५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

उपसमूहमध्ये १३ मध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूह घटेका छन्। व्यापार उपसमूह सर्वाधिक ९.१२ अंकले बढेको छ भने विकास बैंक उपसमूह करिब १.५ प्रतिशतले उकालो लागेको छ। होटल तथा पर्यटन, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहमा भने सामान्य गिरावट देखिएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय