कोरोना अपडेट - २२२२ निको भए,आज पनि संक्रमित भन्दा निको हुने धेरै

पछिल्लो २४ घण्टामा देशभर १८५७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार १७६ जनाको कोरोना परीक्षण हुँदा १८५७ जनालाई संक्रमण पुष्टि भएको हो । सोही अवधिमा २२२२ जना संक्रमणमुक्त भएका छन् भने २७ जनाको मृत्यु भएको छ ।

यसैगरी  आज थपिएकामध्ये काठमाडौं उपत्यकाका ५४९ जना  छन् । काठमाडौंमा ३७०, भक्तपुरमा ६७ र ललितपुरमा ११२ जना छन् । 

नेपालमा हालसम्म ८ लाख ४० हजार ८०५ जनालाई संक्रमण पुष्टि भएको ५ जसमध्ये ७ लाख १० हजार ४५२ जना निको भएका छन् भने १० हजार ६९० जनाको मृत्यु भएको छ । अहिले सक्रिय संक्रमित ३६ हजार ८६६ जना छन् । 

प्रतिक्रिया