काठमाण्डौ । साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार २।१३ अंक घटेर १९३७।७५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०।४५ अंक बढेर १९३८।२० विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०।०४ अंक बढेको छ।
आइतबार प्रि ओपन सेसनमा ८ स्टकको ८० हजार ७५६ रुपैयाँ बराबरको १४० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ५ वटा स्टकको मूल्य बढेको छ भने ३ वटाको घटेको छ।