बढ्यो सुनको भाउ, चाँदीको मूल्य भने स्थिर

काठमाडौं - आज सोमबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको बजार भाउ तोक्दै सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको जानकारी दिएको हो ।

जसअनुसार, आज छापावाल सुनको मूल्य तोलामा ९९ हजार ५०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य आज ९९ हजार रुपैयाँ कायम भएर कारोबार भइरहेको महासंघले जनाएको छ ।


हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा ९९ हजार २०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९८ हजार ७०० रुपैयाँ कायम रहेको महासंघले जनाएको थियो ।

आज सुनको मूल्य बढेको दिन चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी प्रतितोला १३ सय ७५ रूपैयाँमै कारोबार भइरहेको छ । चाँदीको मूल्य हिजो आइतबार पनि यही कायम थियो ।


प्रतिक्रिया