काठमाडौँ – स्याङ्जा स्रष्टा सदनको अध्यक्षमा पशुपति शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ।
शुक्रबार काठमाडौंमा सम्पन्न स्याङ्जा स्रष्टा सदनको चौथो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनबाट शर्मा अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको निर्वाचिन समितिका संयोजक टेकप्रसाद सुवेदीले जानकारी दिनुभयो।
बरिष्ठ उपाध्यक्षमा शिव हमाल, प्रथम उपाध्यक्षमा खुमन अधिकारी, द्धितीय उपाध्यक्षमा शंकर बिरही गुरुङ, महिला उपाध्यक्षमा भिमु गुरुङ निर्वाचित भएका छन्। स्याङ्जा स्रष्टा सदनको महासचिवमा धनश्याम रिजाल निर्विरोध निर्वाचित हुनुभएको छ।
उपमहासचिवमा अर्जुन थापा, कोषाध्यक्षमा सुजन लम्साल, सचिवमा रमेश बाबु थापा, सहसचिवमा प्रसाद लामिछाने, सहकोषाध्यक्षमा शिशिर पौडेल निर्विरोध चयन भएका छन्।
सदस्यहरुमा क्रमशः राजु गुरुङ, माया गुरुङ, कमला गैह्रे, प्रकाश पराजुली, दिनेश क्षेत्री, सुनिता नेपाली, यज्ञ सापकोटा, अस्मिता रणपाल र पवित्रा काफ्ले निर्वाचित भएका छन्। सदनको प्रवक्तामा चेतन गोतामे चयन हुनुभएको छ।