तीन दशकदेखि निरन्तर निर्देशन क्षेत्रमा सक्रिय प्रकाश भट्ट, "बाबुराम किन हतारेको" मा खेम र अञ्जलीलाई नचाए यसरी

काठमाडौं: तीन दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा निरन्तर सक्रिय र लोकप्रिय निर्देशक प्रकाश भट्टले हजारौं गीतको निर्देशन गरिसकेका छन्। अन्य निर्देशकहरूले यो क्षेत्र छाडेर पलायन भएका बेला पनि प्रकाश भट्ट निरन्तर यसै क्षेत्रमा क्रियाशील छन्।

यो तीजमा पनि धेरै गीतमा निर्देशन गर्ने निर्देशकहरूमा प्रकाश भट्ट अग्रस्थानमा रहेका छन्। उनका निर्देशन र नृत्यलाई दर्शकहरूले निकै रुचाउने भएकाले उनी निरन्तर काम पाइरहेका छन्।

हालै मात्र प्रकाश भट्टले निर्देशन गरेको नयाँ गीत "बाबुराम किन हतारेको" सार्वजनिक भएको छ। यस गीतमा पनि भट्टले कुशल नृत्य निर्देशन प्रस्तुत गरेका छन्। गीतमा खेम सेञ्चुरी र सुनिता बुढा क्षेत्रीको आवाज रहेको छ भने गीत नेत्र अर्याल र खेम सेञ्चुरीको सहकार्यमा तयार पारिएको हो। विनोद बाजुरालीको संगीत संयोजन रहेको यस गीतमा खेम सेञ्चुरी र अञ्जली अधिकारीले नृत्य गरेका छन्।

त्यस्तै भट्टले नै निर्देशन गरेको अर्को नयाँ गीत फुल हजुरको पनि निकै चर्चामा रहेको छ । यसमा पनि प्रकाशले गरेको कामलाई लिएर धेरैले प्रशंसा गरेका छन । 

 

प्रतिक्रिया