लाजिम्पाटको बृद्धाश्रममा बिश्वकर्मा समाजको मानवसेवा कार्यक्रम

बागलुङ गैरागाउँ बिश्वकर्मा काठमाडौं समाजले लाजिम्पाटस्थित होप हेरमिटेज ईल्डर केयर सेन्टरमा एक सामाजिक सेवा कार्यक्रम सम्पन्न गरेको छ।

समाजले परिवारबाट अपहेलित, बेशाहारा र सहयोगविहीन अवस्थामा जीवन बिताइरहेका ज्येष्ठ नागरिकहरूप्रति सम्मान र माया प्रकट गर्दै उनीहरूलाई कपाल काट्ने तथा सरसफाइ गर्ने सेवामूलक कार्यक्रम सञ्चालन गरेको हो।

“बृद्ध सेवा नै धर्म” भन्ने मूल मन्त्रका साथ कार्यक्रमको आयोजना गरिएको थियो। अध्यक्ष सरोज बिश्वकर्माको नेतृत्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष राम बिश्वकर्मा, कोषाध्यक्ष रमेश बिश्वकर्मा, सदस्य सचिन बिश्वकर्मा, प्रविन बिश्वकर्मा लगायतको सक्रिय सहभागिता रहेको थियो। साथै, कार्यक्रममा बरिष्ठ ब्युटिसियन रिता रिजालको विशेष योगदान रह्यो।

समाजका पदाधिकारीहरूले बृद्धबृद्धाहरूप्रति स्नेह, सेवा र सम्मान प्रकट गर्दै यस्तो कार्यले सामाजिक उत्तरदायित्व पूरा हुनुका साथै सन्तान र सन्ततिको कर्तव्य पनि स्मरण गराएको बताए।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय