माघ १८ मा संसद्को हिउँदे अधिवेशन बोलाउन मन्त्रिपरिषद्को निर्णय

काठमाडौं। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले संसद्को हिउँदे अधिवेशन यही माघ १८ गते बोलाउन सिफारिस गरेको छ।

बैठकले अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस पठाउने निर्णय गरेको हो। नेपालको संविधानअनुसार संसद्को अधिवेशन अन्त्य र आह्वान गर्ने जिम्मा राष्ट्रपतिसँग भए पनि यो कार्य सरकारको सिफारिसमा हुने गर्दछ।

गत भदौ ३१ गते वर्षे अधिवेशन समाप्त भएपछि अब माघ १८ गते हिउँदे अधिवेशन बोलाउन निर्णय गरिएको हो। यसलाई विधेयक अधिवेशनको रुपमा मानिन्छ। यो निर्णय मन्त्रिपरिषद्बाट राष्ट्रपतिसमक्ष अनुमोदनका लागि पठाइने भएको छ।

प्रतिक्रिया