भारत र बंगलादेशमा १७ अर्ब ४५ करोडको बिजुली निर्यात

काठमाडौँ — आर्थिक वर्ष २०८१/८२ मा नेपालले भारत र बंगलादेशमा कुल १७ अर्ब ४५ करोड रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको छ। भारतमा १७ अर्ब १९ करोड र बंगलादेशमा २६ करोड ६७ लाख रुपैयाँ बराबरको बिजुली बेचिएको हो। यस अवधिमा भारतबाट १२ अर्ब ९२ करोड रुपैयाँको बिजुली आयात गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

अघिल्लो वर्षको तुलनामा निर्यात बढेको र आयात घटेको प्राधिकरणले जनाएको छ। २०८०/८१ मा भारतमा १७ अर्बको बिजुली निर्यात भएको थियो भने बंगलादेशमा त्यो बेला निर्यात सुरु भएको थिएन। त्यही वर्ष भारतबाट १६ अर्ब ९३ करोड रुपैयाँको बिजुली आयात गरिएको थियो।

प्राधिकरणले वर्षायाममा बाँकी रहेको विद्युत् भारतको ऊर्जा एक्सचेन्ज (IEX) मा ‘डे अहेड’ र ‘रियल टाइम मार्केट’ मार्फत प्रतिस्पर्धात्मक दरमा तथा एनटीपीसी ट्रेडिङ कम्पनीमार्फत भारतको हरियाणामा निर्यात गरिरहेको छ। भारतसँग विद्युत् कारोबार भारतीय रुपैयाँमा हुने गरे पनि बंगलादेशसँग अमेरिकी डलरमा हुन्छ।

हाल नेपालबाट ७–८ सय मेगावाटसम्म बिजुली निर्यात भइरहेको छ। तर वर्षा, बाढी र प्रसारण लाइनको सीमितताले पूर्ण क्षमतामा निर्यात गर्न नसकिएको प्राधिकरणको भनाइ छ। आगामी भदौको तेस्रो सातादेखि १,००० मेगावाटसम्म निर्यात सम्भव हुने बताइएको छ। बंगलादेशलाई ४० मेगावाट निर्यात सुरु भइसकेको छ, जुन नोभेम्बरसम्म निरन्तर हुने छ।

बंगलादेशलाई प्रतियुनिट ६.४ सेन्ट दरमा विद्युत् बिक्री गर्ने सम्झौता नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय रूपमा भएको हो। विद्युत् ढुवानीका लागि नेपाल–भारत (ढल्केबर–मुजफ्फरपुर) र भारत–बंगलादेश (बेहरामपुर–भेडामारा) ४०० केभी प्रसारण लाइन प्रयोग भइरहेको छ। Kantipur Daily

Nepal's Electricity Trade (FY 2081/82)

Category India Bangladesh Total
Export (NPR) 17.19 Arba 26.66 Crore 17.45 Arba
Export (kWh) 234.99 Crore 3.03 Crore 238.02 Crore
Import (NPR) 12.92 Arba - 12.92 Arba

Key Highlights:

  • 🇳🇵 Net exporter: NPR 4.53 Arba surplus (17.45E vs 12.92I)
  • 📈 Export growth: +NPR 39.39 Crore from previous year
  • 📉 Import reduction: -NPR 4 Arba from previous year
  • Current capacity: 700-800 MW daily export (peaking at 1,000 MW soon)
  • 🌐 New market: First-time exports to Bangladesh (40 MW @ $0.064/unit)

Trade Mechanisms:

India Indian Rupee • Day-Ahead Market • Real-Time Market • NVVN contracts
Bangladesh US Dollars • Tripartite agreement (June 15-Nov 15 annually)

 

प्रतिक्रिया