काठमाण्डौ । चर्चित गायक तथा सर्जक गणेश अधिकारीको नयाँ गीत सार्वजनिक भएको छ, जसले छोटो समयमै दर्शक र श्रोताको मन जितिरहेको छ। गीत सार्वजनिक भएको २४ घण्टा भित्रै सामाजिक सञ्जाल टिकटकमा सकारात्मक प्रतिक्रिया पाइरहेको छ।
प्रेममा आएको विछोडको भावनालाई उत्कृष्ट शब्द र सुमधुर लयमा प्रस्तुत गरिएको यो गीतले सबैको मन छुने सफल भइरहेको छ । गीतमा लय र शब्द सिर्जना गणेश अधिकारीकै रहेको छ भने आवाज अर्जुन कुँवर र शान्ती श्री परियारले दिएका छन्।
म्युजिक भिडियो पनि उत्कृष्ट बनेको छ, जसको निर्देशन एलिना रायमाझीले गरेकी छन्। भिडियोमा विनोद श्रेष्ठ र एलिना रायमाझीकै अभिनय रहेको छ। गीतको सम्पूर्ण पक्ष, चाहे त्यो शब्द, संगीत, वा अभिनय, सबैले उच्च प्रशंसा पाएको छ।
गीतलाई दर्शक र श्रोताले निकै मन पराएको प्रमाण टिकटकमा प्राप्त प्रतिक्रियाले पुष्टि गरेको छ।