प्रभु बैंकको शेयर कारोबार नेप्सेले किन रोक्यो ?

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले प्रभु बैंक लिमिटेडकाे काराेबार राेक्का गरेकाे छ । 

बैंककाे सञ्चालक समितिकाे बैठक काराेबार समयमा बसी लाभांश घाेषणा गरेकाे हुनाले यस विषयमा के भएको हो र बैंकको भनाई के छ भन्ने विषय उल्लेख गरि स्पष्टिकरण पेश गर्न निर्देशन दिँदै नेप्सेले बैंककाे काराेबार राेक्का गरेकाे हाे । 

बैंकको कार्तिक २३ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनार्थ ०.६३ प्रतिशत नगद गरी कुल १२ं.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियाे ।

प्रतिक्रिया