काठमाण्डौ । नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री ऋचा शर्मा आमा बनेकी छिन् ।
उनले छोरालाई जन्म दिएको कमेडी च्याम्पियनको आधिकारिक पेजमा जानकारी दिइएको छ । कमेडी च्याम्पियनको उक्त पोस्ट अभिनेत्री केकी अधिकारीले पनि सेयर गर्दै बधाई दिएकी छिन् ।
ऋचा चर्चित रियालिटी शो कमेडी च्याम्पियनको जजको रुपमा काम गरिरहेकी थिइन । बच्चा जन्माउनै लागी उनले शोबाट विदा समेत लिएकी छन ।