चार नवनियुक्त मन्त्रीले लिए शपथ

काठमाडौं । नवनियुक्त चार मन्त्रीले आज शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका छन्। शपथ लिने मन्त्रीहरूमा जगदीश खरेल, महावीर पुन, अनिल सिन्हा र मदन परियार रहेका छन्।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा खरेलले सञ्चार मन्त्रालय, पुनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिन्हाले उद्योग, कानून र भूमि मन्त्रालय तथा परियारले कृषि मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन्।

स्वास्थ्य मन्त्रालयका लागि संगीता कौशल मिश्रको नाम सिफारिस भएपनि उनको शपथ हाललाई रोकिएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय