काठमाण्डौ । सङ्ख्याको हिसाबले थोरै तर गुणस्तरीय गीत दर्शक स्रोता माझ सार्वजनिक गर्ने गायक तथा सर्जक रवि कार्कीको नयाँ गीत भर्खर मात्र सार्वजनिक भएको छ ।
सुमधुर लय तथा उत्कृष्ट शब्द सहितको उनको पछिल्लो गीतमा माया प्रेमलाई कलात्मक रुपमा अडियो भिडियोमा उतारिएको छ । गीतले सुन्ने दर्शक स्रोतालाई अन्तिम सम्म बाँधेर राख्छ ।
रवि कार्की र दिलु मगरको आवाज रहेको सो गीतमा प्रविण खत्रीको शब्द सिर्जना रहेको गीतमा रवि कार्की आफैले लय सिर्जना गरेका छन । गीतको म्युजिक भिडियो कुमार केसीले निर्देशन गरेका छन भने निक्स शर्मा र रुविना अधिकारीले अभिनय गरेका छन ।