रिलायन्स स्पिनिङको आइपीओको मूल्य प्रति कित्ता ९१२

काठमाडौं - बुक बिल्डिङबाट खुलेको रिलायन्स स्पिनिङको आईपीओमा संस्थागत लगानीकर्ताले ९१२ रुपैयाँ सम्म आवेदन दिएका छन् ।  

नेपाल स्टक एक्स्चेन्ज स्रोतका अनुसार प्रतिकित्ता ९१२ रुपैयाँका दरले संस्थागत लगानीकर्ताले दिएको मूल्यले नै सम्पूर्ण सेयर कभर हुने भएपछि कटअफ मूल्य ९१२ रुपैयाँ हुने भएको छ । संस्थागत लगानीकर्तालाई न्यूनतम मूल्य प्रतिकित्ता ६०८ रुपैयाँदेखि अधिकतम मूल्य ९१२ रुपैयाँसम्मको रेञ्ज प्रदान गरिएको थियो ।

असार मसान्तसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ २४८ रुपैयाँ ६७ पैसा छ । त्यस्तै प्रतिसेयर आम्दानी ५४ रुपैयाँ ३४ पैसा र सञ्चित नाफा ५ अर्ब ६३ करोड रुपैयाँ रहेको विवरणपत्रमा उल्लेख छ । साधारण लगानी फिर्ता हुने अवधि ६.८८ वर्ष प्रक्षेपण गरिएको छ । कम्पनीका अध्यक्ष पवनकुमार गोल्यान हुन् ।

बुक बिल्डिङमा कटअफ मूल्यको १० प्रतिशत घटाएर सर्वसाधारणका लागि सेयर जारी गर्नुपर्ने व्यवस्था छ । सो व्यवस्थाअनुसार सर्वसाधारणलाई यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसा पर्नेछ ।कम्पनीले जम्मा ७ लाख ७० हजार ६४० कित्ता सेयर पहिलो चरणमा संस्थागत लगानीकर्ताका लागि बिक्री खुलाएको थियो । कम्पनीले जारी पूँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशत अर्थात् १९ लाख २६ हजार ६ सय कित्ता साधारण सेयर जारी गर्नेछ । बाँकी ११ लाख ५५ हजार ९६० कित्ता सेयर पछि सर्वसाधारणका लागि जारी हुनेछ ।इटहरीमा यस कम्पनीको धागो कारखाना सञ्चालनमा छ । कम्पनीले सो धागो देशभरका विभिन्न कपडा उद्योगहरुलाई बिक्री गर्ने तथा भारत लगायत तेस्रो मुलुकमा पनि निर्यात गर्ने गरेको जनाएको छ । गत असार मसान्तसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ २४८ रुपैयाँ ६७ पैसा छ । त्यस्तै प्रतिसेयर आम्दानी ५४ रुपैयाँ ३४ पैसा र सञ्चित नाफा ५ अर्ब ६३ करोड रुपैयाँ रहेको विवरणपत्रमा उल्लेख छ । साधारण लगानी फिर्ता हुने अवधि ६.८८ वर्ष प्रक्षेपण गरिएको छ । कम्पनीका अध्यक्ष पवनकुमार गोल्यान हुन्।

 

प्रतिक्रिया