गायक थानेश्वर गौतमको "मुटुभित्र नेपाल"मा महानायक राजेश हमाल

काठमाण्डौं - बौद्धिक र कुशल गायक थानेश्वर गौतमको देशप्रेमी गीत मुटुभित्र नेपाल भर्खर मात्र सार्वजनिक भएको छ । 

यसो त पछिल्लो समय व्यवसायिक पाटोलाई मध्यनजर गर्दै कम मात्रामा राष्ट्रप्रेमी गीतहरू सार्वजनिक हुने गरेका छन्। यसै बीचमा थानेश्वर गौतमको उत्कृष्ट देश प्रेमी गीत सार्वजनिक भएको हो। 

प्रकाश पण्डितको उत्कृष्ट शब्द सिर्जना रहेको सो गीतमा संगीत र आवाज गायक गौतमको आफ्नै रहेको छ। 

शुभरत आचार्यको निर्देशन रहेको सो गीतमा महानायक राजेश हमालको निकै मनमोहक अभिनय रहेको छ। गीतलाई दर्शकले छोटो समयमा नै अत्यधिक मन पराइरहेका छन् । थानेश्वर गौतमको युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको छ। 

 

प्रतिक्रिया