सुन प्रकरणमा माओवादी नेता महरा पक्राउ

काठमाण्डौं - एकीकृत नेकपा माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ।

सुन प्रकरणमा जाँचपुच आयोगले दोषी ठहराएपछि उनलाई आज पक्राउ गरिएको प्रहरीले जनाएको छ।

महरालाई कपिलवस्तुबाट पक्राउ गरी काठमाडौँ ल्याउने तयारी भइरहेको छ।

यसअघि महरासँग आयोगले बयान समेत लिएको थियो । उनका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।

प्रतिक्रिया