टिकटक अमेरिकामा पुनः उपलब्ध: ट्रम्पको आदेशले ल्यायो राहत

वासिङ्टन डिसी। करिब १२ घण्टा सेवा बन्द गरेपछि टिकटकले फेरि अमेरिकामा आफ्नो सेवा सुचारु गरेको छ। नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले एपलाई प्रतिबन्धबाट जोगाउन पहल गर्ने वाचा गरेपछि कम्पनीले यो कदम चालेको हो।

टिकटकले आफ्नो प्रयोगकर्तालाई स्वागत गर्दै भन्यो, "तपाईँको धैर्यका लागि धन्यवाद। राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयासका कारण टिकटक फेरि अमेरिकामा उपलब्ध भएको छ।" शनिबार रातिदेखि सेवा बन्द भए पनि प्रतिबन्ध लाग्नुभन्दा केही घण्टाअघि एपमा पहुँच बन्द गरिएको थियो।

अमेरिकामा टिकटकमाथि नयाँ कानुन लागु भएसँगै एप्पल र गुगल प्ले स्टोरबाट एप हटाइएको थियो। साथै, टिकटककी स्वामित्वमा रहेका लेमन८ र क्यापकटजस्ता अन्य एपहरू पनि हटाइएका थिए।

तर, आइतबार बिहान ट्रम्पले सोमबारको शपथग्रहण समारोहपछि टिकटकलाई प्रतिबन्ध गर्ने कानुन कार्यान्वयनमा ढिलाइ गर्ने आदेश जारी गर्ने प्रतिबद्धता जनाए। यसैबीच, कम्पनीले सेवा पुनः सञ्चालन गर्ने निर्णय लियो। टिकटकका १७ करोड प्रयोगकर्ता रहेको अमेरिकामा यस कदमले प्रयोगकर्ताहरूलाई राहत दिएको छ।

प्रतिक्रिया