१० महिनामा निर्यात ७२%ले वृद्धि, व्यापार घाटा १२ खर्ब नाघ्यो

काठमाडौं, बैशाख ८ — चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपालबाट हुने वस्तु तथा सेवाको निर्यातमा उल्लेखनीय वृद्धि भएको छ। साउनदेखि वैशाख मसान्तसम्मको अवधिमा नेपालले कुल २ खर्ब १७ अर्ब ९१ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ७२.७१ प्रतिशतले बढी हो।

गत आर्थिक वर्षको सोही अवधिमा निर्यात रकम १ खर्ब २६ अर्ब १७ करोड रुपैयाँमा सीमित थियो। निर्यातमा यस्तो उच्च वृद्धि देखिए पनि आयात पनि बढेको देखिएको छ। चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म देशले विभिन्न मुलुकबाट १४ खर्ब ७४ अर्ब १८ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १३.११ प्रतिशतले बढी हो।

अघिल्लो वर्षको यही अवधिमा नेपालले १३ खर्ब ३ अर्ब ३५ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको थियो। निर्यात र आयात दुबै वृद्धि भए पनि व्यापार घाटा अझै उच्च छ। चालु आर्थिक वर्षको वैशाखसम्म व्यापार घाटा १२ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ११ खर्ब ७७ अर्ब १८ करोड रुपैयाँको तुलनामा ६.७२ प्रतिशतले बढी हो।

विवरण चालु वर्ष (२०८१/८२) अघिल्लो वर्ष (२०८०/८१) प्रतिशत अन्तर
निर्यात रु. २१७.९१ अर्ब रु. १२६.१७ अर्ब +७२.७१%
आयात रु. १४७४.१८ अर्ब रु. १३०३.३५ अर्ब +१३.११%
व्यापार घाटा रु. १२५६.२७ अर्ब रु. ११७७.१८ अर्ब +६.७२%

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय