१३ वटै समूहमा गिरावट, नेप्से १.८५% ले घट्यो

काठमाडौं: मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५१.११ अंकले घटेर २७०२.६५ विन्दुमा झरेको छ। यो १.८५ प्रतिशतको गिरावट हो।

कारोबार रकम पनि घटेर १० अर्ब ४६ करोड ८३ लाख रुपैयाँमा सीमित भएको छ। यस अवधिमा २ करोड २५ लाख ८८ हजार २४७ कित्ता सेयर १ लाख ५ हजार ८२७ पटक किनबेच भएका छन्।

आज ३१० कम्पनीहरूको कारोबार हुँदा २० कम्पनीको सेयर मूल्य वृद्धि भएको छ, २२४ कम्पनीको मूल्य घटेको छ, र १ कम्पनीको मूल्य स्थिर रहेको छ।

१३ वटै समूह राताम्मे भएका छन्। सबैभन्दा बढी गिरावट होटल तथा पर्यटन समूहमा देखियो, जसको मूल्य ३.१७ प्रतिशतले घटेर ६८४७.५० विन्दुमा पुगेको छ। सबैभन्दा कम गिरावट म्युचुअल फन्ड समूहमा ०.१५ प्रतिशतको रहेको छ। अन्य समूहहरू पनि १ प्रतिशतदेखि ३ प्रतिशतसम्म घटेकाछन्।

प्रतिक्रिया