विशाल र गीताको अन्तिम इच्छामा पोखियो प्रेमको भावना (अडियो सहित)

काठमाडौं – नेपाली सांगीतिक क्षेत्रमा नयाँ पुराना कलाकारहरूले निरन्तर रुपमा गीतहरू सार्वजनिक गरिरहेका छन्। व्यावसायिक रूपमा त्यति सफल नभए पनि धेरै देश-विदेशमा रहेका लोकप्रेमीहरूले गीतसंगीतमा लगानी गरिरहेकै कारण हामीले नयाँ गीतहरू सुन्न पाएका छौं।

यसैबीच, विशाल पौडेलको सिर्जना गरेको नयाँ वियोगान्त गीत अन्तिम इच्छा हालै सार्वजनिक भएको छ। प्रेम र बिछोडको कथालाई विषयवस्तु बनाइएको यो गीतको लय र शब्द उत्कृष्ट बनाइएको छ। हाल गीतको अडियो मात्र सार्वजनिक भएको छ।

गीतमा विशाल पौडेल र गीता शाहीले आवाज दिएका छन्, जो श्रीमान-श्रीमती हुन्।

 

प्रतिक्रिया