टेलिकमका ग्राहकलाइ अहिले सम्मकै राम्रो अफर,यसरी लिन सकिन्छ सेवा

काठमाडौं - नेपालको अग्रणी सस्ता नेपाल टेलिकमले आफ्नो सेवा देश भरिनै सञ्चालन गरिरहेको छ । अन्य कम्पनीहरूको चुनौती समेत खेपिरहेकी यो कम्पनीले बेला बेला ग्राहकहरुको लागि अफर समेत सार्वजनिक गर्ने गरेको छ । 

यसै बीच नेपाल टेलिकमले सजिलो अनलिमिटेड प्याक सार्वजनिक गरेको छ । कम्पनीले एसएमएस र कल समेत रहेको डेटा प्याक ल्याएको हो ।

यो प्याकेज अन्तर्गत टेलिकमका मोबाइल प्रयोगकर्ताले ९९९ रुपैयाँमा ३० दिनसम्म दैनिक दुई जीबी डेटा र टेलिकम नेटवर्क भित्र (नेपाल टेलिकमका कुनै पनि जीएसएम, ल्यान्डलाइन र सीडीएमए नम्बर) अनलिमिटेड कल गर्न सकिनेछ । त्यस्तै कम्पनीको नेटवर्कभित्र ४०० एसएमएस समेत पठाउन सकिनेछ ।अन्य नेटवर्कमा १०० मिनेट कल र २०० एसएमएस पठाउन सकिने कम्पनीले जनाएको छ । *1415*2*2*4#   डायल गरेर तथा नेपाल टेलिकमको एप प्रयोग गरेर यो प्याकेज खरिद गर्न सकिनेछ । 

प्रतिक्रिया

//