काठमाडौं – आरती पावर कम्पनी र मेवा डेभलपर्स लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) बिक्रीका लागि नेपाल धितोपत्र बोर्डमा अनुमति मागेका छन्।
आरती पावरले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३६ लाख कित्ता सेयर बिक्रीका लागि अनुमति मागेको छ। बोर्डबाट स्वीकृति प्राप्त भएपछि कम्पनीले ३६ करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्नेछ। यस आइपीओको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ।
त्यस्तै, मेवा डेभलपर्स लिमिटेडले १ करोड १२ लाख कित्ता सेयर बिक्री अनुमति मागेको छ। १०० रुपैयाँ अंकित मूल्यका सेयर बिक्री गरेपछि कम्पनीले १ अर्ब १२ करोड रुपैयाँ संकलन गर्नेछ। यस आइपीओको बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ।
अब बोर्डको स्वीकृति पाएपछि यी दुबै कम्पनीले आआफ्नो आइपीओ जारी गर्नेछन्।