काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले २ वर्षपछि २३ सयको विन्दु पार गरेको छ। मंगलबार नेप्सेले ७०.१८ अंकले बढ्दै २३१०.५९ विन्दुमा पुगेको हो। यो २०७९ साल वैशाख २९ गतेको १३५०.४२७ विन्दु भन्दा निकै माथि हो।
मंगलबारको बढोतरीसँगै कारोबारमा पनि उछाल आएको छ। आज ९ अर्ब १३ करोड ८६ लाख २९ हजार रुपैयाँ बराबरको २ करोड ५८ लाख ३६ हजार २८५ कित्ता शेयर किनबेच भएको छ।
जीवन बीमा समूहमा एकै दिन ३१८.८५ अंकको बढोतरी हुँदै ११०८६.३० विन्दुमा पुगेको छ। १३ समूहमध्ये म्युचुअल फण्ड बाहेक अन्य सबै समूहमा उछाल आएको छ।
२३४ कम्पनीको शेयर मूल्य बढेको छ भने ८ कम्पनीको शेयर मूल्य घटेको छ। १६ कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ भने ५ कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले घटेको छ।