काठमाण्डौ - आज उपत्यका लगाएत देशका धेरै स्थानहरूमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना भइरहेको विभागको मौसम पूर्वानुमान महाशाखाको बुलेटिनमा उल्लेख छ।
महाशाखाका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
अविरल वर्षाको सम्भावना रहेका कारण जोखिम युक्त ठाउँका जनसमुदायलाई सचेत रहन महाशाखाले अनुरोध गरेको छ ।